राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको छ । उपाध्यक्ष अर्यालले आज राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएसँगै नारायण प्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष बन्नुभएको थियो । राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को दललाई दिनुपर्ने भएपछि उपाध्यक्ष अर्यालले पदबाट राजीनामा दिनुभएको हो ।

उपाध्यक्ष अर्याल नेकपा माओवादी केन्द्रबाट २०७९ माघ २३ गते उपाध्यक्ष बन्नुभएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस