२ दिने बेमौसमी अर्गानिक तरकारी खेती तालिम : ‘भान्सालाई अर्गानिक वनाउ’

विजौरी । लुम्बिनी प्रदेशसभा सदस्य एबम् निवर्तमान अर्थमन्त्री धनवहादुर मास्कीले अव भान्सालाई पुरै अर्गानिक वनाउन आग्रह गरेका छन । तुलसीपुर उपमहानगरपालिका १८ विजौरीमा बेमौसमी तरकारी खेति तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका उनले अव प्रत्येक घर–घरमा अर्गानिक खेति हुन आवश्यक भएको वताएका छन ।

उनले स्वस्थ हुनलाई खानपिनका कारण हामीलाई अनेक प्रकारका रोगहरू लागिरहेका छन् । एकातिर स्वास्थ्य बिग्रिदै गएको छ, भने–अर्कोतर्फ आर्थिक नोक्सान पनि हुने गर्दछ । त्यसैले अब सबैले एक पटक सोच्ने बेला आएको छ । अब रासायनिक मल र विषादी प्रयोग गर्ने होइन् । अर्गानिक तिर लाग्नु पर्छ ।’
उनले समाजनैं स्वस्थ भए देशनै स्वास्थ हुने भन्दै अव अर्गानिक तिर लाग्न सुझाव दिए ।

तुलसीपुर उपमहानगर पालिका वडा नं १८ का वडाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि माधव वलीले हामी स्वास्थ्य हुनका लागि हामी स्वायम् श्रममा जोडिनु पर्ने वताएका छन । उनले भने–हामी श्रममा नजोडिए सम्म अर्गानिक खेति हुननसक्ने वताए ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजनामा किसानलाई तालिम दिन लागिएको हो । उक्त तालिममा गन्यारी कृषि सहकारीलाई कुखुरा पालनका लागि रु १ लाख २६ हजार रुपैया वारावरको चेक संस्थाका अध्यक्ष लक्ष्मी चौधरीलाई पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष र प्रमुख अतिथिले संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको थियो ।

पछिल्लो समय आधुनिक खेतीमा अत्याधिक मात्रामा रासायनिक मलको प्रयोग हुने भएकाले माटोको उर्वराशक्ति कम हुँदै गएको र प्रत्यक्ष रुपमा मानव स्वास्थ्यमा परेको हुँदा जिल्लालाई अबको १० वर्ष भित्र अर्गानिक उपत्यका बनाउने उद्देश्यले जिल्लाका १० स्थानीय तहमा किसानलाई तालिम दिँदै आइरहेको केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले बताए ।


कार्यक्रममा मुक्त कम्लहरी विकास मञ्चका केन्द्रिय सदस्य रुक्मणी चौधरीले कार्यक्रमको महत्व रहेको बताइन । गन्यारी कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण केन्द्रका कार्यक्रम अधिकृत साधाना शर्माले गरेकी थिइन ।
प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका अधिकृत शंकर न्यौपाने रहेका छ्न । तालिममा तुलसीपुर उपमहानगरपालिका भित्रका ३० जना कृषकहरूको सहभागिता रहेको छ । तालिम चैत्र १३ र १४ गते २ दिन सम्म हुनेछ ।

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस