आगलागीमा परी तीन बालबालिकाको मृत्यु

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका वडा नं. ७ मा भएको आगलागीमा परी एकाघरकाका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो ।

शनिबार साँझ भएको आगलागीबाट स्थानीय ​रमेश कार्कीकी सात वर्षकी छोरी दिपशिखा कार्की, तीन वर्षीय छोरा दियनिस कार्की र अर्का स्थानीय केदार कार्कीका छ वर्षका छोरा प्रनिश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका जनाएको छ ।

ती बालबालिकाहरू गोठमा खेलिरहेका बेला आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय घोरेटारबाट १५ किलोमिटर दक्षिणमा भएको हो । इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटना स्थल तर्फ पठाइएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस