तुलसीपुर । करिब १० करोडको लगानीमा तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर ६ र ९ वडामा पर्ने पातुखोलामा नमुना अटोभिलेज बनायो । २०७५ सालदेखि सञ्चालनमा आएको अटोभिलेजमा बर्खामा हिलो र हिउँदमा धुलोले गर्दा व्यवसायीदेखि सेवाग्राहीले सास्ती पाएका छन्, भने पातुखोलाको किनारमा रहेको अटोभिलेजलाई बर्खामा बाढीले बगाउला भन्ने डर समेत रहेको छ । तुलसीपुर उपमहानगरपालिका ६ र ९ वडामा पर्ने पातुखोला किनाराको अतिक्रमण भएको क्षेत्रलाई अटोभिलेज बनाइएको हो ।
अटोभिलेजमा करिब १५० व्यवसायी छन् भने सयौँले रोजगारी पाएका छन् । विगत एक वर्षदेखि व्यवसायगर्दै आउनु भएकी ध्रुबा शर्माले बर्खा माहिलो र हिउँदमा धुलोले गर्दा निकै समस्याहुने बताइन् । हिजो आजधुलो आएर पसलमा बस्न नसकिने र बर्खामा हिलोको उत्तिकै समस्याहुने उनको भनाइ छ ।
उनले भनिन्,‘ मास्कन लगाएर पलसमा बस्न सकिँदैन् । एक दिनमा मास्क नलगाए बिरामी भइन्छ । हामीले निकै समस्यामा परेका छौँ । हिउँदमा धुलो र बर्खामा हिलोको उत्तिकै समस्या छ । यस समस्याको लागि स्थानीय सरकारसँग पटक पटकपहलभएको छ । तर, अहिलेसम्म कुनै सुनुवाइ भएको छैन ।’ उनका अनुसार पसल भएको भवन आफैले बनाएको र उपमहानगरलाई जग्गा वाफत मासिक रुपमा भाडा व्यवसायी बुझाउँदै आएका छन् ।
यस्तै विगत ६ बर्षदेखि अटोभिलेजमा व्यवसाय गर्दै आएका अर्का व्यवसायी घनश्याम बस्नेतले पनि थुप्रै समस्याहरु भोग्दै आएको बताए । उनले समस्या नै समस्याले भरिएको अटोभिलेजमा पहिलो कुरा पातुखोलाको किनारमा हुँदा बर्खामा बाढि आए सबै बगाएर लैजाला भन्ने डर रहेको बताए ।
उनले भने,‘यहाँकरिब ढेड सय व्यवसायीहरु रहेका छौँ । तर, हामीलाई तिनतहको सरकारले कुनै पनिमतलब गरेको छैन् । अटोभिलेज खोलाको किनारमा हुँदा बर्खामा समयमा हामी कसरी बच्ने भन्ने चिन्ता हुन्छ । अहिले हिउँदमा हिलो र धुलोको समस्या उस्तै रहेको छ । यो समस्या हामीले यो संचालन भएदेखि भोग्दै आएका छौँ ।’
यस्तै उनले अटोभिलेज तुलसीपुर ९ र ६ मा पातुखोलाका दुई किनारमा हुँदा बर्खाको समय पुल नहुँदा समस्या हुने समेत बताए । यो समस्याको लागि अटोभिलेज समिति पटक पटक उमहानगरपालिका र प्रदेश सरकारसँग गएको भएता पनि अहिलेसम्म कुनै उपलब्धी नभएको उनको भनाइ छ । उनले भने,‘ हामी अटोभिलेजमा काम गर्नेहरु डाक्टर नै हौँ । मानिसहरु बिरामी भएपछि उपचार गर्न अस्पताल जाने गरेझैँ गाडीहरु बिरामी भएपछि उपचारको लागि आउने ठाउँ अटोभिलेज हो । तर, हामी अटोभिलेजका डाक्टरहरुलाई राज्यले ध्यानदिँदैन् ।’
उनले शहरलाई सुन्दर बनाउनको लागि आफूहरु खोलाको किनारमा आएर बसेको भन्दै राज्यले आफ्नो दायित्व पुरा नगर्दा धेरै समस्या भोगेको बताए । उनले पनि उपमहानगरलाई मासिक रुपमा जग्गाको भाडा बुझाउँदै आएको बताए । शहरलाई व्यवस्थित गर्नको लागि अटोभिलेजको महत्वहुने भएयता पनि राज्यले यसलाई बुझ्न नसकेको अर्का व्यवसायी यम प्रसाद भुसालले बताए । तुलसीपुरमा रहेको अटोभिलेजको दुरा अवस्था रहेको उनको भनाइ छ । यसलार्ई राम्रो बनाउनको लागि आफूहरु लागि रहेको भन्दै त्यो व्यवसायीको बसमा नरहेको समेत उनले बताए ।
पातुखोलामा पुल नहुँदा बजार घुमेर आउनु पर्ने बाध्यता रहेको भन्दै उनले बर्खामा राती धेरै पानी परेमा धेरै चिन्ताहुने समेत बताए ।
राज्यले अब अटोभिलेजमा कामगर्ने मजदुरको सीपको विकास र भौतिक निर्माणमा ध्यान नदिए व्यवसायीहरू पलायन भएर जाने अवस्था आइरहेको उनले वताए । करिब १० बिगाहा क्षेत्रमा रहेको अटोभिलेजमा पूर्वाधार विकासको लागि तिनवटै सरकारलाई पटक पटक आग्रह गर्दै आएको तुलसीपुर अटोभिलेजका अध्यक्ष पदम पोख्रेल वताए ।
व्यवसायी र उपमहानगर बिच सम्झौता भएको हुँदा अटोभिलेजलाई पब्लिक प्राइभेट पार्टनरसिप मोडेलबाट अगाडि बढाउन खोजेको तुलसीपुर उपमहानगरका प्रवक्ता माधव वलीले वताए ।
दैनिक सयौँ गाडीहरू मर्मतको लागि आउने ठाउँमा धुलो र हिलोले गर्दा सबैले समस्या पाइरहेका छन् । नमुनाको रुपमा निर्माण गरेको अटोभिलेजको विकास गर्न अति आवश्यक देखिन्छ । यस तर्फ तिनैतहका सरकारले ध्यान जावस् ।
साक्षी खबरवाट


