नेपाली कांग्रेसका सांसद युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्ष निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्विकृत भएको छ।
राष्ट्रिय सभामा मंगलबार भएको निर्वाचनमा शर्माको पक्षमा १७ मत परेको छ। उनलाई कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मत दिएको हो। कांग्रेसका १६ र लोसपाका एक सांसद छन्।
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहालले पनि उम्मेदवारी दिएका छन्।
प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार


