दुधरासको विश्वनाथ धाम शिवालय मन्दीरमा महाशिवरात्री महोत्सव तथा दाता सम्मान

दुधरास । अघिल्लो महाशिवरात्रीदेखि दैनिक नित्यपुजा सुरु भएको दुधरास स्थीत विश्वनाथधाम शिवालय मन्दीरमा महाशिवरात्री महोत्सव तथा दाता सम्मान तथा शिलालेख अनावरण कार्यक्रम महाशिवरात्रीको अवसर पारेर शुक्रवार सम्पन्न भएको छ । महोत्सवका प्रमुख अतिथि टिकाराम खड्काले शिलालेख अनावरण गरेका थिए ।

विश्वनाथधाम शिवालय मन्दीर व्यवस्थापन समितिका अध्यक्ष वामदेम रेग्मीको अध्यक्षतामा भएको महाशिवरात्री महोत्सवमा प्रमुख अतिथि खड्काले मन्दीर निर्माणमा आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्ने सवैलाइ सम्मान गरेका थिए । सो अवसरमा कम्तिमा दुइ सय भन्दा बढि दातालाइ सम्मान गरिएको थियो । दुधरासका स्थानिय समाजसेवी स्वर्गिय इन्द्रमणि घिमिरेको त्यस क्षेत्रमा शिवालय धाम निर्माण गर्ने चाहनालाइ उहाको निधनपछि स्थानिय समाजसेवीहरुको आर्थिक सहयोगमा धाम निर्माणको अभियानलाइ पुर्णता दिइएको थियो ।

घोराही—तुलसीपुर सढक खण्डको दुधरासमा रहेको भिमकाय चिरोलाइ भाटेर सार्वजनिक जग्गाको संरक्षण गरी सो स्थानमा शिवालय मन्दीर निर्माण गरिएको थियो । मन्दीरको भौतिक निर्माण, रंगरोगन तथा अन्य भौतिक पुर्वाधारहरु निर्माण गर्न हाल सम्म कम्तिमा ५ करोड रुपैया वरावरको लगानी लागेको मन्दीर व्यवस्थापन समितिले जनाएको छ । एक बर्ष अघि निर्माण सम्पन्न भएको सो मन्दीरमा अहिले एक जना पुरोहित राखेर नित्यपुजा समेत हुदै आएको छ । दैनिक सयौं भक्तजनहरुले त्यस मन्दीरमा दर्शन गर्ने र नित्यपुजामा सहभागि हुने गरेका छन् । मन्दीर व्यवस्थापन समितिका अनुसार मन्दीरको अझैपनि भौतिक पुर्वाधारहरु पुरा भैनसकेकाले सहयोगकालागी भक्तजनहरुमा आग्रह समेत गरेको छ ।

शिवरात्रीको अवसर पारेर बैदिक मन्त्रोच्चारण सहित स्वस्तीक वाचन गरेर शिवरात्री महोत्सवको विधिवत सुभारम्भ गरिएको थियो । महोत्सव उद्घाटन गर्दै प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले स्थानिय सरकार हरेक जातजाती धर्म, संस्कृतिको सम्मान गर्न सधै सकारात्मक रहेको भन्दै खेरगैरहेको जमिनलाइ भाटेर शिवमन्दीर निर्माण गर्न र नित्यपुजाआजाको व्यवस्थापन मिलाएकोमा मन्दीर व्यवस्थापन समितिलाइ धन्यवाद ज्ञापन गरेका थिए । धार्मिक संपदाको संरक्षण र भौतिक पुर्ननिर्माणमा तुलसीपुर उपमहानगरपालिकाले आगामि दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्धता पनि मेयर खड्काले गर । ‘धर्म एउटा आस्थासंग मात्र नभएर अनुशासन संग पनि जोडिएको पक्ष हो, यसको संरक्षण र सम्वद्र्धनमा हामी सवैको साथ र सहकार्य हुन आवस्यक छ’, मेयर खड्काले भने ।

मन्दीर व्यवस्थापन समितिका सदस्य युवराज डांगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका—११ का अध्यक्ष मानवहादुर रावत, स्थानिय समाजसेवी केशवराज रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण समितिका सदस्य प्रमोद घिमिरेले गरेका थिए । शिवालय मन्दीरमा महाशिवरात्रीको दिनभरी नित्यपुजा, भजन तथा किर्तन र प्रसाद वितरणको कार्यक्रम पनि रहेको थियो ।

माथिल्लो हेमन्तपुर शिवालयमा वेजोडको भजनकिर्तन
यसैबीच अघिल्लो बर्ष निर्माण भएर नित्यपुजा हुदै आएको माथिल्लो हेमन्तपुरस्थीत शिव मन्दीरमा पनि महाशिवरात्रीको अवसरमा दिभर भजन किर्तन र नित्यपुजा गरिएको छ ।


मन्दीर व्यवस्थापन समितिले मन्दीरमा आउने भक्तजनहरुलाइ प्रशाद वितरण गर्नुको साथै धार्मिक सांस्कृतिक कार्यक्रम एवं भजन किर्तन कार्यक्रम सम्पन्न भएको जनाएको छ । विभिन्न स्थानिय भक्तजन एवं सहृदयी दाताहरुको मानोमुठि सहयोगले सो मन्दीर निर्माण सम्पन्न भएको हो ।

वेलझुण्डीमा पनि श्रद्धालुको भिड
यता वेलझुण्डीमा पनि भक्तजनहरु आउने जाने क्रम चलिरहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस