एयरपोर्टमा ‘थ्रिजि’, थाक्यो हवाइसेवा

डेढ महिना भयो प्लेन आउन छाड्यो

तुलसीपुर / विसं २०११ शालदेखि घासे मैदानबाटै नियमित हवाइ सेवा सुरु गरेको टरीगाउ विमानस्थल अचेल कालोपत्रे धावनमार्ग सहितको छ । केहि दशक नियमित हवाइ सेवा सन्चालन भएको टरीगाउ विमानस्थलमा तीन वटा भिन्न समुहको फरक दृष्टिकोणका कारण हवाइ सेवा थकित छ । टरीगाउ विमानस्थलमा हवाइ जहाज ल्याण्ड गर्न छाडेको अहिले एक महिना दश दिन पुगेको छ । माघ १३ गते सो विमानस्थलमा अन्तिम हवाइ सेवा चलेको थियो ।

हवाईसेवा नियमित गर्नकालागि धावनमार्ग कालोपत्रे एउटा उपयुक्त विकल्प थियो । त्यसकालागि तात्कालिन हवाइ विभाग(हालको नागरीक उड्ययन प्राधिकरण)ले डिपिआर गरी कालोपत्रे टेण्डर भयो र धावनमार्ग कालोपत्रेको काम पनि सम्पन्न भयो । त्यो वेला यहांको एयरपोर्टको धावनमार्ग कालोपत्रेको डिजाइन गर्ने मुख्य व्यक्ति इन्जिनियर प्रदिप अधिकारी थिए । उनी कहाँबाट कसरी प्रभावित थिए, त्यो त पछि वहश हुने छ । तर उनले एयरपोर्टको रनवेका यसरी डिजाइन गरिदिएकि यसलाइ चौडा पार्न सानो तिनो बजेटले थेग्न नसकोस । उनै प्रदिप अहिले नागरीक उड्ययन प्राधिकरणको डिजि छन् । उनी त्यहां रहंदा सम्म साविकको डिजाइनमा एयरपोर्टको रनवे बढाउन सकिने छैन । डिजि प्रदिपले जहिल्यै पनि यस विमानस्थलको धावनमार्ग चौडा गर्नुलाइ आकाशको फल जसरी प्रस्ट्याइरहेका हुन्छन् । यहांको राजनितिक इच्छाशक्ति उनको प्रष्ट्याइको सामना गर्ने हैसियतमा छैन । त्यसैले त दाङको हवाइ सेवाको निरन्तरतामा सुरु गराइएको छ, त्रिकोणात्मक द्धन्द्ध । अर्थात एयरपोर्टमा ‘थ्रिजि’ को लडाई ।

एउटा समुहलाई तुलसीपुरकै टरीगाउ विमानस्थलको स्तरबद्धिको वकालत गर्न लगाइन्छ, अर्को समुहले नारायणपुर क्षेत्रमा क्षेत्रीय स्तरको हवाइ सेवा र अर्को समुह भर्खरै हावि हुन थालेको छ, जसले प्रादेशिक राजधानीमा हवाइसेवाको अपरिहार्यता । अर्थात एयरपोर्ट त देउखुरीमा हुनुपर्दछ ।

एउटा समुहलाई तुलसीपुरकै टरीगाउ विमानस्थलको स्तरबद्धिको वकालत गर्न लगाइन्छ, अर्को समुहले नारायणपुर क्षेत्रमा क्षेत्रीय स्तरको हवाइ सेवा र अर्को समुह भर्खरै हावि हुन थालेको छ, जसले प्रादेशिक राजधानीमा हवाइसेवाको अपरिहार्यता । अर्थात एयरपोर्ट त देउखुरीमा हुनुपर्दछ । यो खेलमा नेपालगन्जको व्यापारीक घराना र बुटवल भैरहवाको व्यापारीक घरानासंगै त्यहांको राजनितिक शक्ति पनि जोरवलले लागेको स्पष्ट छ । तर यहांका राजनेताहरु गुमराहमा परेका छन् । नागरिक उड्ययन प्राधिकरणका अधिकारीको प्राविधिक एकलौटि धारणालाइ मौन स्वीकार गरीरहेका छन् । जुन थ्रिजिको लगाइले एयरपोर्टलाइ थकाउदै थकाउदै अहिले मृत्यु शैयामा पारेको छ । अर्थात तुलसीपुरमा विगत डेढ महिनादेखि हवाइ सेवा ठप्प छ ।

त्यसो त पछिल्लो पटक दाङको एकमात्र विमानस्थल टरिगाउँ विमानस्थलको स्तरोन्नतिमा सबै पालिकाको एकमत भएका छन् । गए साता जिल्ला समन्वय समितिले आयोजना गरेको अन्तरपालिका घुम्ति बैठकमा जिल्लाका दशवटै पालिका जहा भएपनि हवाइ सेवाको निरन्तरताको पक्षमा देखिए । उनीहरुले कम्तिमा अहिले चल्दै आएको विमानस्थलमा कम्तिमा ७२ सिट क्षमताको हवाइजहाजबाट सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था गर्न संघ र प्रदेश सरकारमा अनुरोध गर्ने सामुहिक निर्णय पनि गरे । पहिले चलिरहेको एयरपोर्टलाइ चलायमान गराउनकालागी धावनमार्गको विस्तारलाइनै पहिलो प्रार्थमिकतामा राख्ने र त्यसपछि मात्र अर्को विकल्पका रुपमा दिर्घकालिन योजना बनाएर उपयुक्त स्थानमा स्तरीय विमानस्थल निर्माण प्रक्रियाको थालनी गर्नेमा सवै पालिका सहमत देखिएका छन् । यसलाइ मुर्त रुप दिन अव दाङबाट संघिय सांसदमा प्रतिनिधित्व गर्ने तीनै जना सांसदहरु पनि एकाकार भएर थ्रिजिको मतभिन्नतालाइ व्यवस्थापन गर्नुपर्ने पनि घुम्ति बैठकको निस्कर्ष थियो । यसले मात्र तत्कालै यहांको टरीगाउ विमानस्थलको धावनमार्ग चौडा भै विमानस्थलमा नियमित हवाइ सेवा सन्चालन हुन सक्ने स्थानिय सरकारको एकमत देखिएको छ ।

टरिगाउँ विमानस्थलको स्तरोन्नतिका सन्दर्भमा पुनः डिपिआर भएको तथा यसको प्रतिवेदन चाँडै प्राविधिक समितिले यहाँका प्रदेशसभा सदस्य तथा संघीय सांसद सहितको उपस्थितिमा सार्वजनिक गर्ने तयारी भएको तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले अभिव्यक्ति छ । नागरिक उड्ययन प्राधिकरणका प्राविधिक सहितको पछिल्लो सर्भे अनुसार धावनमार्गको लम्बाइ १९ सय मिटर र चौडाइ ३ सय मिटर बनाउन प्राविधिक समितिले करिब दुई अर्बको बजेटप्रस्ताव गरेको छ । प्राविधिक समितिमा तुलसीपुर उपमहानगरपालिकाका प्राविधिकपनि संगै छन् । प्रस्तावित प्रतिवेदन अनुसार धावनमार्गको स्तरवृद्धि भए यहाँ ७२ सिटका जहाजले हवाई सेवा दिन सक्ने छन् ।

टरीगाउ विमानस्थल यो अर्थमा बन्द हुनु हुदैन । किनकि देउखुरी क्षेत्रमा त्यहांको भुवनावटका विषयमा धेरै अध्ययन अनुसन्धान गर्नुपर्ने छ । बाक्लो तुवालोका विषयमा अध्ययन गर्नुपर्ने छ । अनि जग्गा व्यवस्थापन पनि त्यत्तिकै चुनौतिपुर्ण हुने छ । नारायणपुर क्षेत्रमा हवाइ सेवा सन्चालनकालागि जग्गा व्यवस्थापन पनि कम्ति चुनौतिको विषय होइन । यति धेरै जग्गा व्यवस्थापनकालागी सयौं घरहरुलाइ पुर्नवासको व्यवस्थापन मिलाउनु पर्ने छ । जग्गा अधिग्रहण गर्न अरबौं रुपैया राज्यले खर्च गर्नुपर्ने छ ।

किनकि यस क्षेत्रमा घनाबस्तीसंगै प्राय सवैजसो निजि जग्गा अधिग्रहण गर्न राज्यसंग यतिधेरै पैसा खर्च गर्ने हैसियत बन्न अझै ठुलो आर्थिक क्रान्ति मुलुकमा सम्पन्न गर्नुपर्ने छ । यो अवस्थामा तत्कालकालागि उपयुक्त विकल्प भनेकै टरीगाउ विमानस्थलको धावनमार्गको स्तरबृद्धिनै हो । त्यागौं एयरपोर्टमा ‘थिजि’को लडाइ ।

साभारः साक्षी खबर

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस