एमाले, माओवादी र रास्वपासहितको नयाँ सरकार बन्ने, आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेससहित दलहरूसँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउन तयार भएका छन्।एमाले, माओवादी केन्द्र र रास्वपासहितको नयाँ सरकार बन्ने, आजै सानो आकारको मन्त्रिपरिषद्

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित नेताहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले नयाँ ढंगबाट छलफल गरेर अघि बढ्न प्रस्ताव गरेका थिए।

सोमबार विहान एमाले, माओवादी केन्द्र र रास्वपाले छुट्टाछुट्टै छलफलपछि नयाँ गठबन्धन बन्ने निश्चित भएको हो। नेताहरूले आजै नयाँ सरकार गठन हुने र सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने जनाएका छन्।

एमाले सचिवालय बैठकपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् विस्तार हुने बताए।‘आजै सरकार परितर्वन र नयाँ मन्त्रिपरिषद् बन्दैछ। सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ,’ उनले लेखेका छन्।अलग(अलग बैठकपछि अहिले एमाले र माओवादी केन्द्रका नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन्।

केपी ओली निर्णय लिएर प्रचण्डलाई भेट्न बालुवाटारमा

यसैविच एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । उनी एमाले पार्टीको निर्णय लिएर बालुवावाटार पुगेको स्रोतले जनाएको छ ।

त्यहाँ माओवादीको सचिवालय बैठक चलिरहेको बेला उनी पुगेका हुन् । बैठक हलभित्रै उनी पुगेको स्रोतले जनाएको छ । ओलीलाई नारायणकाजी श्रेष्ठले अंकमाल गरेको र प्रचण्डले हाल मिलाएको स्रोतले जनायो । जनमत पार्टीका अध्यक्ष सीके राउतसँगको छलफलपछि उनी बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीले आज बनाउने नयाँ मन्त्रीमण्डलमा एमालेले सहभागिता जनाउने भएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस