तुलसीपुर । दाङको शितलपुर नजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ निवासी अन्दाजी ३४ वर्षीय सुरेश चन्द पाठक मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार तुलसीपुरबाट नेपालगञ्ज तर्फ जादै वागमती प्रदेश ०१००३ क ९७५६ नम्बरको मालबाहक ट्रकले विपरित दिशाबाट आउदै गरेको भे १२ प ३४२२ नम्बरको मोटरसाइकललाई तुलसीपुर १२ सितलपुर नजिकै आज आइतबार दिउँसो पौने १२ बजेको समयमा ठक्कर दिदा पाठक गम्भिर घाइते भएका थिए ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा साढे १२ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक नवलपरासी विनय त्रिवेणी गाउँपालिका ५ का ३३ वर्षीय नारायण भण्डारीसहित ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


