
बारा । बाराको निजगढ नगरपालिका वडा नं. ७ रोहित वर्कशपमा बम जस्तो देखिने शंकास्पद वस्तु विस्फोट हुँदा घाईते मध्येका थप दुईसहित तीन जनाको मृत्यु भएको छ ।
घाईतेमध्ये मृत्यु हुनेमा भारत गवाही बस्ने ३५ वर्षीय राकेश जयसवाल र विरगंज महानगर पालिका वडा नं. ९ वस्ने ३४ का बस्ने बर्ष २० को रितु रजत रहेका छन ।
उनीहरुको बयोधा अस्पताल बिरगन्जमा मृत्यु भएको हो । यस अघि सो घटनामा बर्कशप सञ्चालक निजगढ नगरपालिका ९ का रेशम जर्घा मगरको घटनास्थलमानै मृत्यु भएको थियो ।
सख्त घाईतेहरुमा विरगंज महानगरपालिका वडा नं. ९ वस्ने ३४ काफिरोद देवान र भारत रामगढवा बस्ने बर्ष २० को अरीवन साह रहेका छन ।
कवाड सञ्चालक राज जैसवालले सो बम जस्तो देखिने वस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएका र वर्कशपमा काट्ने क्रममा सो बम जस्तै देखिने वस्तु विस्फोट हुँदा सो घटना भएको हो ।
जैसवाल र उनकी श्रीमति शुशिलादेवी जैशवाललाई घटनास्थलबाट भारत भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको बाराकाप्रहरी उपरिक्षक शुरेसकाफलेले बताउनु भएको छ ।
विस्फोटन भएको वस्ुतमा ईन्डियन फिल्ड गन १०५ एचई प्रोजेक्टाईल रहेको प्रहरीको भनाई छ ।