काठमाडौं । सामाजिक सञ्जालमा जिमेल बन्द हुने हल्ला चलेपछि गुगलले ‘झुटो’ भएको बताएको छ ।
केही दिनयता सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर)मा जिमेल बन्द हुन लागेको हल्ला चलेको थियो । त्यसबीच जिमेलले एक्समा ‘जिमेल रहिरहन्छ’ लेखेर पोस्ट गरेको छ । जिमेल बन्द हुने हल्ला चलेका बेला एक्सका मालिक एलन मस्कले एक्समेल ल्याउने बताएका छन् । उनले एक्समै एक पोस्टको रिप्लाई गर्दै एक्समेल चाँडै ल्याउने भनेर लेखेका छन् ।
प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार


