सल्यानमा चट्याङ लागेर चार जना घाइते

सल्यान । सल्यानमा चट्याङ लागेर चार जना घाइते भएका छन् । बुधबार राती शारदा नगरपालिका १३ स्यानीखाल तिर्थपोलेका देवीलाल बस्नेत र टिकाराम बस्नेतको घर नजिकै चट्याङ पर्दा चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा जानकी बस्नेत, सुशिला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत रहेको शारदा नगरपालिका १३ का वडाध्यक्ष जङ्ग बहादुर बुढाले जानकारी दिनु भयो । जानकी र सुनिल सख्त घाइते भएका छन् भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेहरूलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको बुढाले बताउनु भयो ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस