तुलसीपुर महोत्सव आज समापन हुने

तुलसीपुर । तुलसीपुर महोत्सव–२०८० आज समापन हुने भएको छ । महोत्सव सञ्चालन आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तोकिएको समयमै मेला समापन गर्न लागेको जानकारी दिनु भयो । अध्यक्ष चालिसेल संम्पूर्ण दर्शक तथा सरोकारवाला निकाय सहयोगी संघ सस्था,सुरक्षा निकाय तथा आम संचार माध्यमलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

महोत्सवमा सोमबार गायिका टीका पुन, ऋतु कँडेल, गायक प्रकाश रेग्मी, प्रेम विवस घर्ती, प्रेमप्रकाश वली, उमादेवी खनाल, लगायतका कालाकारहरुको दमदार प्रस्तुति रहेको थियो ।

त्यस्तै फागुन ८ गते मंगलबार साँझ महोत्सव समापन गर्ने निर्णय भएको तुलसीपुर उद्योग बाणिज्य सघंका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनु भयो ।

महोत्सव समापनको दिन अपरान्ह ४ बजेसम्म मात्रै प्रबेश शुल्क लाग्ने भएको छ भने ५ बजे मेला समापन हुने छ । महोत्सवमा आजका मुख्य कलाकारको रुपमा गायक नरेश खाती, रीता केसी र अनु अधिकारी रहनु भएको प्रेस सल्लाहकार रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै अन्य स्थानीय तथा राष्ट्रियस्तरकार कलाकारहरुको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । जसमा गायिकाहरु पुष्पा शर्मा, र बिमला भण्डारी रहनुहुनेछ भने गायकहरुमा दामोदर बस्याल र धनबहादुर गुरुङको प्रस्तुति रहनेछ ।

आयोजकले महोत्सव समापनको दिन सम्पूर्णलाई उपस्थितिका लागि अनुरोध गरेको छ । सो अवसरमा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने दश वटा संस्थाहरुलाई नगर सहित पुरस्कृत गरिने छ भने आयोजक तथा उपसमिति तथा सहयोगी संस्थाहरुलाई सम्मान गरिने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस