सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु

सल्यान । सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका १ दमाचौरबाट सुन्तला लोड गरी मोखला आउँदै गरेको ग ३ च ३३१२ जिप दमाचौर १ मयानीको भित्री सडकमा सोमबार साँझ दुर्घटना भएको थियो ।

दुर्घटनामा परी जिप चालक तनहुँ आबुखैरेनीका अन्दाजी ३५ वर्षीय अर्जुन विक गम्भीर घाइते भएका थिए । उनको सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उकालोमा चढ्न नसकी अनियन्त्रित भई जिप सडकमै पल्टिएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस