गुरुकुल एकेडेमी तुलसीपुरद्वारा त्रिशिद्धेश्वरी मन्दिर परीसर सरसफाई

तुलसीपुर । गुरुकुरल एकेडेमी तुलसीपुरले त्रिशिद्धेश्वरी मन्दिर परीसर सरसफाई गरेको छ । गुरुकुल एकेडेमी समुदायमा भन्ने मुल मन्त्रलाई लिएर समाजमा रहेको धार्मिक स्थल सरसफाई गरीएको हो ।

समुदायसँग सम्बन्धितका काम अन्तर्गत गुरुकुल एकेडेमीका नेतृत्वमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी सरसफाई गरिएको हो । धार्मिक स्थल जहाँ वृद्धदेखि बालबालिकासम्म जाने ठाँउलाई सदैव सफा हुनुपर्छ भन्ने योजनाका साथ समाजमा जनचेतना फैलाउने उद्देश्यले मन्दिर परीसर सरसफाई गरिएको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए ।

सरसफाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तुलसी बाल अस्पतालका बाल रोग बिशेषज्ञ डा. किशोर खत्रीले सरसफाईका कारण मानिसको स्वास्थ्य स्वस्थ हुने भएका कारण हरेक क्षेत्र सफा राख्नुपर्ने हुन्छ, त्यसैले यो महान कार्य गुरुकुल एकेडेमीले गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए । साथैउनी पनि सरसफाई कार्यमा सहभागी भएका थिए । समाज सेवासहित चिकित्सक पेशामा आवद्ध खत्रीले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्दै आएका छन् ।

गुरुकुल एकेडेमीका प्रधानाध्यापक मुकुन्द गिरीको अगुवाईमा भएको कार्यक्रमा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष देवराज धिताल, डां किशोर खत्री सहितका ब्यक्तिहरुको सहभागिता रहेको थियो । गुरुकुल एकेडेमीको महान कार्यमा जोडिने सम्पुर्ण ब्यक्तिहरुलाई विद्यालयले धन्यवाद समेत प्रदान गरेको छ । गुरुकुल एकेडेमीको मुल मन्त्रलाई आत्मसाथ गर्दै समाजका हरेक क्षेत्रमा जोडिदै आएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस