दाङमा गोली प्रहारबाट महिला प्रहरीको मृत्यु

घोराही । दाङमा अज्ञात समूहको गोली प्रहारबाट एक महिला प्रहरीको मृत्यु भएको छ । दाङ घोराहीको दामोदर चोकस्थित ड्युटीमा खटिएका प्रहरी जवान धनमाया थापाको आज्ञात समूहले गोली प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान थापालाई उनकै श्रीमानले गोली हानेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घटना करिब साढे ७ बजे भएको हो । तीन राउन्ड पेस्तोलको गोली चलेको थियो । गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको प्रहरीले बताएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस