स्कुलमा याेग र स्काउट अनिवार्य : नगर प्रमुख खड्का


दुधरास । तुलसिपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले याेग र स्काउट शिक्षालाई प्रत्येक विद्यालयमा अनिवार्यरूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएकाे छ ।


तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १८ दुधरासमा रहेकाे बाल अमृत अङ्ग्रेजी आवासीय विद्यालयकाे सत्राै वार्षिकाेत्सव समाराेहमा बाेल्दै नगरप्रमुख खड्काले स्थानीय पाठ्यक्रममा याेग र स्काउट शिक्षा समावेश गरिएकाले विद्यार्थीहरुलाई अनुशासित र नेपाली माटाे सुहाँउदाे शिक्षा दिलाउनका लागि प्रत्येक विद्यालयले आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभयाे ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले विदेशी माटाे आकर्षण गर्ने शिक्षालाई निरुत्साहित गर्दै लैजाने शिक्षा प्रदान गर्न आग्रह गर्नुभयाे ।


सहायक प्रीन्सिपल दिपक लम्सालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष माधव वलि, सहिद स्मृति बिधालयका भाइस प्रीन्सिपल यादव अधिकारी , हाम्रो पहुँचका प्रीन्सिपल डिआर भण्डारी , ज्ञानज्योति फाउन्डेसनका सहायक प्राचार्य मनोज केसी, संचालक बोर्ड सदस्य दिनेश पन्थी , मनोज केसी, बिद्यार्थी दामोदर आचार्य , पबित्रा खडका लगायतकाले शुभकामना दिएका थिए ।


कार्यक्रममा प्रगति प्रतिबेदन स्कुलका प्रधानाध्यापक युवराज डाँगीले प्रस्तुत गर्नु भएको कार्यक्रमको सहजीकरण शिक्षिका गंगा पन्थी र शिक्षक भरत डिसिले गर्नु भएको थियो भने विद्यालय सञ्चालक समितिका बाेर्ड अध्यक्ष ज्ञानबहादुर बस्नेतकाे अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।


कार्यक्रममा शिक्षिका, विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए भने साता ब्यापी रुपमा संचालन भएको खेलमा उत्कृष्ट र एकाडेमि पुरस्कार २०७९ समेतलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस