तुलसीपुर महोत्सबमा सिस्नोको झोलसंग मःमःलोकप्रिय बन्दै

तुलसीपुर । समृद्ध नेपाल निर्माण हाम्रो अभियान भन्ने नारा सहित तुलसीपुरमा सञ्चालन भएको तुलसीपुर महोत्सव २०८० मा दर्शकहरुले मनोरञ्जन लिन मात्र होइन नेपाली रैथाने खानाको स्वाद लिन जाने गरेको पाइन्छ ।

बढ्दो जनघनत्व, सहरिया जीवन शैलीले गाउँ घरमा उत्पादन हुने अगर्गनिक उत्पादनहरूको महत्व कम हुँदै जाँदा तुलसीपुर महोत्सवमा भने सिस्नो, ढिँडो, सिस्नोको झोलसंग मःमः च्याउको सुकुटी पकौडा तथा वन तरुल लगायत विभिन्न परिकारहरु पाइन्छ । यी परिकारहरू खान दर्शकहरु खोजी खोजी खान आउने गरेका छन् ।

तुलसीपुर उद्योग वाणिज्यसंगको आयोजनामा संचालन भएको तुलसीपुर महोत्सवमा नेपाली रैथाने खाना लाई प्रवद्र्धन गर्ने उद्देश्यले स्टलहरुमा नेपाली खानालाई महत्व दिएको आयोजकले जनाएको छ ।

मकैको ढिँडो र सिस्नोको च्याउको को मःमः सुकुटी पकौडा खान खोजी खोजी आउने गरेको गंगामाला लघु उद्यमी च्याउखेती तुलसीपुरकी गोमा रोकमगर वताइन । तरुल खान को लागि हामी नेपालीलाई माघ कुर्नु पर्ने हुन्छ तर तुलसीपुर महोत्सवमा वन तरुल खान पाइने हुँदा माघी पर्व आए जस्तै भएको शान्तिनगरकी इन्द्र कुमारी चौधरीले वताइन ।

तुलसीपुरको गीता केसी मःमः मा सिस्नोको सुप राख्दै ग्राहकको भोक मेटाउन तल्लिन छिन । सुन्दा फरक लाग्न सक्छ मःमः मा सिस्नोको सुप । महोत्सवमा अर्गानिक खाना खाजाको परिकार पस्कन यतिबेला कुमाख कलेजलाई भ्याइनभ्यइ छ । विगत लामो समय देखि नेपाली रैथाने खानाको रूपमा चिनिदै आएको कुमाख कलेजले तुलसीपुरको महोत्सवमा आउने दर्शकको मन पनि जितिसकेको छ ।

नेपाली खानपान शैलीमा फरकपन आए पश्चात धेरै मानिसहरू अर्गानिक खाना तर्फ आकर्षित हुन थालेका कलेजका प्रमुख तुफान केसीले वताए ।
खाना खाजाको रुपमा मुख्य आकर्षक केद्रविन्दुको रूपमा रहेको मःमः र सिस्नोको झोलले खोजी खोजी खान आउने गरेका छन् ।

स्थानिय वस्तुको प्रवर्द्धन र तथा अर्गानिक उत्पादनलाई जोड दिने नेपाल सरकारको नीति तथा कार्यक्रम भित्र भए पनि यथासक्य प्रवर्धन भने हुन अझै सम्म सकेको छैन । यस तर्फ राज्यको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस