सहयोगको लागि परिवारको अपिल

शान्तिनगर । शान्तिनगर गाउँपालिका वडा नं. ६ देवीपुर निवासी गोपाल पुन र कल्पना पुनले छोरीको उपचारका लागि आर्थिक समस्या भएको भन्दै सहयोगको लागि अपिल गरेका छन् ।

पुनको ७ वर्षीया छोरी दिक्षा पुनको ब्रेन ट्युमरका कारण विगत ६ महिनादेखि काठमाडौंमा उपचाररत छिन् । एक्कासी बिरामी परेकी पुनको दाङसहित नेपालगञ्ज लगायत ठाउँमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौंमा उपचार गराइरहेको परिवारले जनाएको छ । घरको आर्थिक अवस्था एकदमै कमजोर भएकाले छोरीको जीवन रक्षाको लागि आर्थिक सहयोग गरिदिन पुन परिवारले आग्रह गरेको छ ।

अहिलेसम्म नातिनीको उपचारमा करिब १३ लाख खर्च भइसकेको उनकी हजुर आमा जानकी पुनले बताइन् । नातिनीको उपचारको लागि आफुसँग भएको सबै गरगहना समेत बेचीसकेकाले बाँकी उपचार गर्न एकदमै आर्थिक समस्या भएको उनले बताइन् ।

साथै उनले नातिनीको उपचारमा आर्थिक सहयोग गरिदिन सबैमा आग्रह गरिन् । बालिकाको भक्तपुुरस्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा अझै खर्च लाग्ने अस्पतालले बताएको छ ।

सहयोग गर्न चाहनेहरुले दिक्षाको बुवा गोपाल पुनको फोन नं. ९७६६२३१७४५ मा सम्पर्क गरि सहयोग गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस