घोराही । गुरुकुल एकेडेमि घोराहिले ९ औँ बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सवको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता तथा घोराही उपमहानगरपालीका सामाजिक विकास महाशाखा अधिकृत नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले बिद्यालयले पछिल्लो चरणमा सफलता प्राप्त गर्दै गएको भन्दै बिद्यालयको प्रशंसा गर्नुभयो । निजि बिद्यालयमा देशमै सफल मध्येको एक र दाङकै पहिलो नमुना बिद्यालयको रुपमा स्थापित हुन सफल हुनु घोराहिबासीका लागि गौरवको कुरा रहेको बताउनुभयो । उहाँले बिद्यार्थीलाई बिभिन्न ज्ञानका साथै अनुशासनमा जोड दिएको भन्दै बिद्यालय आउदा दिनमा अझ नमुना बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बिद्यालयका संस्थापक निर्देशक अरुण रौनियार , गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी , लमहिका प्रधानाध्यापक मुकुन्द तिमिल्सिना एप्पल मन्टेस्वरीकि प्रधानाध्यापक शर्मिला हमाल पुर्व विद्यार्थि नवीन डाँगि , अन्तराष्ट्रिय शिक्षक माइकल ,विद्यार्थि सान्भि डाँगि सुवोध पान्डे , सर्वश्री केसी , प्रणव श्रेष्ठ विभुती बुढाथोकी रोशन पौडेल र आर्यन घर्ति संगै अभिभावक लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बिद्यार्थिहरुले बिभिन्न पौराणिक नृत्य तथा गित , नाटक,परेटलगायत विभिन्न कला प्रस्तुत गरेका थिए । बिद्यालयले उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । सम्मानित हुने शिक्षकहरुमा बिद्यालयका पुर्व सहायक प्रधानाध्यापक तथा हाल गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी , प्रावी शिक्षीका मियोना घर्ति , विज्ञान विषय संयोजक भुवन आचार्य , प्लस टु विज्ञान संयोजक अजय शाह , ब्यबस्थापन संयोजक डम्बर रावत , यसै गरी कर्मचारीहरु देविराम राउत , शान्ता बस्नेत , लक्ष्मण ढकाल अन्तराष्ट्रिय शिक्षक माइकल , सोधपुछ कक्षकी अस्मिता सुनार ,चालक अरुण चौधरी र भान्सा तर्फ झेमा खत्रि रहनुभएको छ । यसैगरी २०७९ को एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थिहरुलाई समेत सम्मान गरीएको थियो ।
बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकको सहजिकरण बिद्यालयका प्लस टु संयोजक निमानन्द गैरे तथा बिद्यार्थिहरु श्रीज्वल पोडेल र प्रशंसा शर्माले गरेका थिए ।
बि.स २०७२ सालमा स्थापना भएको बिद्यालयले अन्य बिषय सहित बिभिन्न प्राबिधिक धारको पढाईलाई जोड दिदै आएको छ । ९ औ बार्षिक उत्सव मनाइरहदा बिद्यालयले आगामि बर्षमा अन्य संकायका पढाईहरु पनि संचालन गर्ने तयारी गरेको छ भने आगामि शैक्षिक सत्र २०८१ बाट गुरुकुल एकेडेमीले लमहि र तुलसिपुरमा पनि विद्यालय संचालनमा ल्याउन लागेको छ ।


