तुलसीपुर । तुलसीपुर क्षेत्रमा दुई दिन विद्युत लाइन कटौति गरिने भएको छ । तुलसीपुर कार्यक्षेत्र भित्र पर्ने ३३ केभी र ११ केभी सब स्टेशनमा रहेका पुराना केभी ब्रेकर हटाइ नयाँ ब्रेकर परिवर्तन गर्ने भएकाले लाइन कटौती गर्न लागेको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार भोलि(शनिवार) र २१ गते आइतवार बिहान १० बजेदेखि साझ ५ बजेसम्म दुई दिन विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
तुलसीपुर क्षेत्र अन्तरगत पर्ने एयरपोर्ट र कृष्ण मन्दिर फिडरका सबै स्थानमा शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लाइन अबरुद्ध हुने भएको छ ।
यस्तै मानपुर, बिजौरी, फुलबारी र कपुरकोट क्षेत्रको फिडर अन्तरगतका सम्पुर्ण क्षेत्रमा २१ गते आइतवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने प्रमुख गोशेलीले बताउनुभयो ।


