तुलसीपुरस्थित सुनचाँदी पसलमा भिषण आगलागी

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ क लाईन स्थित भाग्यलक्ष्मी भवनमा भिषण आगलागी भएको छ ।

बिहीबार बेलुका साढे ७ बजेको समयमा राष्ट्रिय बाणिज्य बैंकको कार्यालय रहेको घरको पहिलो तलामा सोही ठाउँका ३४ वर्षीय ललित गुप्ताले संचालन गरेको न्यु नेपाल सुनचाँदी पसलमा आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक ठाकुर प्रसाद पोख्रेलको कमाण्डमा खटिएको टोली, तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानीय बासीको सहयोगमा पौने ८ बजेको समयमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट न्यु नेपाल सुनचाँदी पसल पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

आगलागिको कारण खुलेको छैन् । मानवीय क्षति पनि नभएको प्रहरीले बताएको छ । क्षतिको विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस