तुलसीपुर । दुवै मृगौला फेल भएकी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौराकी १६ वर्षिय एन्जीला बुढाथोकीको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।
दुवै मृगौला फेल भएर डायलायसीस गराइरहेकी उनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको हो । मृगौला फेल भएपछि उपचार गराउन आर्थिक समस्या परेकोले उपचारका लागि सबैसंग अपिल गरिएको आमा निशा बुढाथोकीले अपिल गरेकी छन् ।
‘आर्थिक अभावका कारण छोरीको उपचार गराउन सकेको छैन् ।’ उनले भनिन्–‘सहयोगका लागि अपिल गर्दछु ।’ छोरीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताईन् । उनले छोरीको उपचारका लागि ९८२९५२२६९७ मा सम्पर्क गरिदिन अनुरोध गरेकी छिन् । उनले एनआईएमबि बैंकमा गिता कार्कीको खाता नम्बर ०३१०५३५०२५४३५९ मा पनि रकम जम्मा गर्न सकिने बताइन् ।
उनका अनुसार मृगौलाको उपचार गर्न करिब २० लाख लाग्ने डाक्टरहरुले बताएका छन् । गत पुस २२ गते मृगौला फेल पत्ता लागेपछि अहिले डायलायसीस गरिरहेको उनले बताइन् ।


