तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनिको मैदानमा आजदेखि सञ्चालन हुन लागेको श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञमा भायनेट कम्युनिकेशन प्रालि तुलसीपुर ब्राञ्चले निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने भएको छ ।
माघ १३ गतेदेखि २० गतेसम्म मानवसेवा आश्रमको भवन निर्माणार्थका लागि सञ्चालन हुन गइरहेको महायज्ञमा भक्तजनहरूको सहजताको लागि निःशुल्क वाईफाइ सेवा सुविधा उपलब्ध गराएको भायनेट तुलसीपुर ब्राञ्च प्रमुख विकास बस्यालले जानकारी दिए ।
उनले महायज्ञमा दान गर्ने सम्पूर्ण दाताहरूलाई भायनेट इन्टरनेट जडान गर्न चाहेमा थप सुविधाहरूसहित उपलब्ध गराउने जानकारी दिए । साथै महायज्ञमा उपस्थित हुने भक्तजनहरूमा भायनेटको प्याकेजभन्दा थप सुविधा उपलब्ध गराउने बताउदै भायनेट इन्टरनेट जडान गर्न आग्रह गरेका छन्। ब्राञ्च प्रमुख बस्यालका अनुसार भायनेट इन्टरनेट जडान गर्दा भायनेटले उपलब्ध गराएको जुनसुकै प्याकेजमा वार्षिक ग्राहक बन्न चाहेमा थप दुई महिना निःशुल्क सेवा उपलब्ध गराइन्छ ।
तुलसीपुर क्षेत्रमा ५० एमबिपिएससम्मको इन्टरनेट र टिभी प्याकेजको लागि वार्षिक ५ हजार ९९९ मात्र शुल्क रहेको बस्यालले जानकारी दिए । साथै भायनेटले तुलसीपुरमा हुने यस्ता विभिन्न खालका सामाजिक कार्यहरूमा नि :शुल्क इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको उनले बताए ।


