तुलसीपुरमा सिमेन्ट बोकेको गाडी दुर्घटना तीन जना घाइते

तुलसीपुर । तुलसीपुरमा सिमेन्ट बोकेको गाडी दुर्घटनामा परी तीन जना घाइते भएको छन् ।

दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ डाँडापातुका ३० वर्षिय गंगा चौधरी, गाडीमा सवार तुलसीपुर–४ खाद्रेका ४४ वर्षिय शेर बहादुर खड्का र तुलसीपुर–४ लामीदमारका ६४ वर्षिय जुव बहादुर खत्री गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

तुलसीपुरबाट लामिदमारतर्फ जाँदै गरेको रा १ ज ४०९ नम्बरको गाडी मंगलबार दिउँसो साढे दुई बजेतिर तुलसीपुर(४ लामीदमारमा दुर्घटनामा परेको हो । गाडी करिब ६० मिटर तल खसेको छ । गाडी आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस