तुलसीपुर । तुलसीपुरको एक सामुदायिक वनमा एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ को सानो बखरिया स्थित शिद्धदेव सामुदायिक वनमा एउटै रुखको छुट्टा छुट्टै हाँगामा झुण्डिएको अवस्थामा एक महिला र युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
मृत फेला पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ गोटीखोला निवासी १९ वर्षीय युवक तुलसीराम घर्ती र सोही ठाउँकी ३४,३५ वर्षीया बसन्ती थापा रहेको प्रहरी निरिक्षक मल्लले जानकारी दिए । मृतक बसन्ती विवाहित हुन । उनका श्रीमानले केही दिन अघि मात्रै श्रीमती हराएको भन्दै इप्रका तुलसीपुरमा निवेदन दिएका थिए ।
बुधबार पात टिप्न गएको बेला स्थानीयले झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरुको शव सडेको अवस्थामा फेला परेको छ । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली पुगेको छ ।


