दाङको भालुवाङमा राप्ती नदीमा खस्दा ५ जनाको निधन

भालुबाङ । देउखुरीको भालुवाङमा बस राप्ती नदीबाट खसेको छ । पूर्व–पश्चिम् राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–१ स्थीत भालुवाङस्थीत राप्ती नदीको पुलबाट बस नदीमा खसेको हो । उक्त घटनामा ५ जनाको मृत्यु भएपनि पुष्टि हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

नेपालगन्जदेखि काठमाडौ जाँदै गरेको बस भे १ख ३९१२ नम्बरको बस शुक्रबार राति भालुवाङस्थीत राप्ती नदीको पुलबाट बस तल खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बस पुलबाट नदीमा खस्दा दर्जन बढी यात्रु घाईतेहरुको भालुवाङ स्थीत अस्पतालमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ ।

अहिले प्रहरी र स्थानीयहरुको सक्रियतामा उद्दार कार्य जारी रहेको छ । घटना बारेमा बिस्तृत बिबरण आउन बाकी रहेको छ ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस