तुलसीपुरमा प्रथम थारु साँस्कृतिक तथा खाना महोत्सव हुने

तुलसीपुर । थारु समुदायको महान पर्व माघको अवसरमा प्रथम थारु साँस्कृतिक तथा खाना महोत्सव २०८० हुने भएको छ । बिहीबार विभिन्न सरोकारवालाहरुको तुलसीपुरमा बसेको बिषेश बैठकले थारु समुदायको लोक संस्कृति परम्परालाई जगेर्ना गर्ने र उजागर गर्ने उद्धेश्यले साँस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा साँस्कृतिक कार्यक्रमसँगै विषेशगरी आकर्षकका रुपमा थारु खानालाई प्रदर्शनीमा राखिने छ । थारु समुदायको भेषभुषा र स्थानीय उत्पादनलाई प्रचार गरिने गरि महोत्सव संचालन गरिने ग्रीन फाउण्डेसनका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले बताए ।

बैठकले यही माघ ५ र ६ गते तुलसीपुरस्थित अरनिको मैदानमा महोत्सव सञ्चालन गर्ने निर्णय गरेको छ । जसका लागि विभिन्न समिति, उपसमिति गठन भएका छन् । महोत्सवलाई भव्यरुपमा सफल पार्नका लागि मुल समिति संयोजकमा भागिराम चौधरी रहेका छन् ।

यस्तै सहसंयोजकमा छवी चौधरी, सदस्य सचिवमा दिप्तीशिखा चौधरी र सदस्यमा छवीलाल चौधरी रहेका छन् । यस्तै मञ्च ब्यवस्थापन समितिको संयोजकमा टोप बहादुर घर्ती र सहसंयोजकमा जित बहादुर खड्का रहेका छन् ।

यस्तै आर्थिक समितिमा भागिराम चौधरी, बिष्णु बहादुर केसी, श्याम डाँगी, छवी चौधरी र निर्मल आचार्य रहेका छन् । खाना ब्यवस्थापन समितिको संयोजकमा बसन्त आचार्य रहेका छन् । सञ्चार संयोजकमा दिप्तीशिखा चौधरीलाई दिने निर्णय गरेको छ भने थारु साँस्कृतिक समितिमा छवी चौधरी र खुसीराम चौधरी रहेका छन् ।

यस्तै बैठकले महोत्सव संचालन हुनुभन्दा अगाडि पत्रकार सम्मेलनको आयोजना गरि प्रचार प्रसारलाई तीव्र बनाउँने लगायतका निर्णयहरु गरेको छ । बैठकमा उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्ती, वडा नं. १२ का पूर्ववडाअध्यक्ष श्याम डाँगी, राप्ती बबई क्याम्पसका सदस्य निर्मल आचार्य, पुस्तक ब्यवसायीका उपाध्यक्ष तिर्थ डाँगी, मेट्रोका क्याम्पस प्रमुख बसन्त आचार्य, पारिवारिक निजी वनका अध्यक्ष पदम केसी, उपाध्यक्ष मेघराज भुषाल, ग्रीन फाउण्डेसन दाङका अध्यक्ष बिष्णु केसी, जित बहादुर खड्का, अनु काफ्ले, सिया विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

महोत्सव मुल आयोजक समितिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा बसेको बैठकको सहजीकरण ग्रीन फाउण्डेसनका सचिव शुरेस रावतले गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस