घोराही । शैक्षिक शत्र २०८१ बाट पुर्णरुपमा संचालनमा आउन लागेको गुरुकुल ऐकेडेमी तुलसीपुर र लमहीले आफ्ना भौतिक संरचनाहरु निर्माणलाई तीब्र रुपमा अगाडि बढाएको छ । तीब्र निर्माणसँगै वालवालिकाहरुको सुरक्षा सतप्रतिशतको लागि विद्यालयले निकै मजबुत तथा सुरक्षित संरचनाहरुको निर्माण गरेको छ ।

इन्जिनियरको उच्च डिजाइन तथा निगरानि गर्दै मापदण्डमा रहेर निर्माण कार्य गरिएको छ । यस्तै बालबालिकाहरुको स्वास्थ्यमा पनि निकै संवेदनशील भएको हुँदा सीमित तापक्रम राखिराख्ने गरी विल्डिङका भवनहरुमा वाल लगाउने काम भइरहेको छ । विद्यालयले उच्च गुणस्तरको क्याभिटि वाल लगाएको छ । जसले गर्दा विद्यार्थीहरुको लागि गर्मीमा बाहिरको मौसमभन्दा ५ डिग्री कम तापक्रम राख्ने काम गर्छ भने जाडो याममा ५ डिग्री तापक्रम बढाउने इन्जिनियर सन्तोष भट्टराईले जानकारी दिए ।
यसले विद्यालर्थिहरुलाई गर्मी र जाडो दुबै मौसमको तापक्रमबाट जोगाउने स्वास्थ्यमा प्रतिकुल असर नपर्ने गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए। गुरुकुल एकेडेमीले विद्यार्थीहरुको भविष्यको ख्याल राख्दै पढाइ मात्र नभई विद्यार्थीहरुको नैसर्गिक अधिकार र सर्वागिंन विकासको लागि विभिन्न अतिरिक्ति क्रियाकलाप गर्दै आएको छ ।

दाङ जिल्लाको एक मात्र सुबिधा सम्पन्न विद्यालय गुरुकुल एकेडेमी घोराही, तुलसीपुर र लमहीमा यहि आउँदो सरस्वति पुजाबाट अक्षरारम्भसहित मन्टेस्वरीमा भर्ना संचालन हुँदैछ भने कक्षा ९ सम्म शैक्षिक सत्र २०८१ बैशाखबाट पुर्णरुपमा भर्ना संचालन हुनेछन ।


