यस्तो छ तपाईंको पौष १८ गते बुधबारको राशिफल

आज वि.सं २०८० पौष १८ गते बुधबार, ई.सं.२०२३ जनवरी ३, तिथि- पौष कृष्णपक्ष सप्तमी, उत्तरफाल्गुनी- नक्षत्र, शोभन- योग, वव- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः५७, सूर्यास्त १७ः१९ ।

मेष : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।

वृष : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

मिथुन : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

कर्कट : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कन्या : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

तुला : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

वृश्चिक : कार्यबोझले शारीरिक थकान बढ्नेछ ।

धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मकर : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

कुम्भ : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

मीन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस