दाङ देखि एसि सहितको दिवा बस सेवा सुरु

तुलसीपुर । राप्ति यातायात सेवा प्रालिद्वारा एसि सहितका स्तरिय दिवा बस सेवा सुरु गरेको छ।


मंगलबार एक कार्यक्रमका बिच प्रालिका अध्यक्ष सुरेश हमालले रिवन काटेर एकैसाथ चारवटा दाङ-काठमाण्डौ दिवा बसको शुभारम्भ गर्नुभएको हो ।


डिलक्स र आरामदायि सिटहरु रहेका बसहरुमा यात्रा गर्दा चिसो मौसममा हिटर र गर्मि समयमा एसिको सुविधा रहेको छ ।
यस अघि स्तरिय एसि र डिलक्स सहितका रात्री बस सेवा सुरु गरेको प्रालिले यात्रुहरुको माग र सुबिधाका लागि दिवा बस सेवा सुरु गरेको अध्यक्ष हमालले जानकारी दिनु भयो ।


यस क्षेत्रको सबैभन्दा पुरानो र स्थापित तत्कालीन राप्ति समिति रुपान्त्रण हुदै प्रालि सम्म आईपुग्दा आफ्ना सेवाहरुपनि बिस्तार गर्दै आएका छौ अध्यक्ष हमालले भन्नु भयो”।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस