रुसी सेनामा गएका थप तीन नेपालीको मृत्यु

काठमाडौं । रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन जना नेपालीको मृत्यु भएको जानकारी दिए।

‘थप तीन जना नेपालीको मृत्यु भएको सूचना पाएका छौं,’ उनले भने। स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको जानकारी आएको उनको भनाइ छ।

स्याङ्जाका अर्याल वालिङ नगरपालिका वडा नम्बर १४ का हुन्।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस