काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ८.७५ अङ्कले घटेर २०६०.१५ को बिन्दुमा कायम भएको छ ।
आज विभिन्न तीन सय ६ कम्पनीको एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता शेयर एक लाख दुई हजार नौ सय पाँच पटक खरिद बिक्री हुँदा रू चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ बराबरको कारोबार भएको छ ।
आजको कारोबारपछि बैङ्किङ समूहको उपसूचक ०.०१, विकास बैङ्क ०.१०, लगानी र उत्पादन तथा प्रशोधन समूह समान १.०७ र व्यापार समूह ०.४५ अङ्कले बढेको छ । जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा धेरै १.७२ प्रतिशतको गिरावट देखिएको छ ।
त्यस्तै वित्त ०.८०, होटल तथा पर्यटन १.६७, जीवन बीमा १.५८, लघुवित्त ०.१५, म्युचुअल फन्ड ०.३१, निर्जीवन बीमा ०.७५ र अन्य समूह ०.३२ प्रतिशतले घटेको छ ।
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र चिर्खुवा हाइड्रोपावर लिमिटेडकोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य ८.०९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २० करोड १३ लाख ७३ हजार छ सय ६२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने मोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको चार लाख ३७ हजार २७ कित्ता शेयर किनबेच भएको छ ।


