दाङ । लुम्बिनी प्रदेश सरकारमा थपिएका दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेकपा (माओवादी केन्द्र)बाट शहरी विकासमन्त्री बनेकी कृष्ण केसी र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका दुले प्रदेश प्रमुख आइतवार बुटवलमा सपथ लिएका हुन् ।
बाँकेकी केसी र प्युठानका थापालाई नयाँ सरकार गठन भएको ८ महिनापछि मन्त्री बनाए पनि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।
लुम्बिनीमा माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री, कांग्रेसबाट राजु खनाल स्वास्थ्यमन्त्री, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सन्तोषकुमार पाण्डेय गृहमन्त्री, जनता समाजवादी पार्टी (जसपा)बाट भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्थामन्त्री, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी भौतिक पूर्वाधारमन्त्री रहेका छन् ।


