दाङ । सरकार गठन भएको ८ महिना पछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २ मन्त्री थपेका छन् । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीकोले गठबन्धनका दलहरुबिच मन्त्रालय भागबण्डामा देखिएको किचलोका कारण सरकारले पुर्णता पाउन सकेको थिएन ।
मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र प्युठानका सरोज थापालाई मन्त्री बनाएका हुन् । कृष्णा केसीलाई खानेपानी ग्रामिण तथा सहरी विकास मन्त्रालय र सरोज थापालाई वन तथा वातावरण वा उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मध्ये एक दिने तयारी भएको पनि प्रवक्ता पाण्डेले जनाए ।
दुइ मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पुर्णता पाएको छैन । बाँकी एक मन्त्रालय मुख्यमन्त्री आफैले राख्ने बताएका छन् । नेपाली कांग्रेस संस्थापन पक्षले मन्त्री नियुक्तीमा एकलौटी गरेको भन्दै काग्रेसमा बिवाद चुलिएको छ ।


