टेवल टेनिस संघको अध्यक्षमा : लहरे

दाङ । दाङ जिल्ला टेवल टेनिस संघको अध्यक्षमा ऋषिराज लहरे अरुण चयन भएका छन् । संघको आज शनिबार सम्पन्न ७ औ अधिवेशन निर्वाचनले ऋषि राज लहरे अध्यक्ष रहेको सात सदस्यीय संघको नयाँ नेतृत्व सर्वसहमतिले चयन गरेको हो ।

जसको उपाध्यक्ष नवीन राई, सचिव गुरु प्रसाद गौतम, कोषाध्यक्षमा नुपुर गुरुङ रहेका छन् । त्यस्तै संघको सदस्यमा सिताराम शर्मा आचार्य, सुरेश बिक र सुरेन्द्र सिंह राठोर चयन भएको टेवल टेनिस प्रशिक्षक केशव प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

यसैबीच अधिवेशन उद्घाटन समारोह संघका अध्यक्ष सिताराम शर्मा आचार्यको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका पुर्व निर्देशक अर्जुन बिकको प्रमुख आतिथ्य, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेक बहादुर बिकको बिशिष्ट आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्य र कार्यालय प्रमुख शान्ती सोमैको रोहवरमा भएको थियो ।

संघका उपाध्यक्ष ऋषिराज लहरे अरुणको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संघका सदस्य लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस