रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

रुकुम। रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा आठबीसकोट-१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, सोही वडाको डाँडा भन्ने स्थानका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्की रहेका छन् ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका-१० पिरिकोटबाट वडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्पपीडितको लागि जस्ता पाता बोकेको रा १ त १४ नम्बरको ट्र्याक्टर घुम्तीमा मोड्न खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले जनाएको छ ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । आठबीसकोट-८ का १४ वर्षीय दलबहादुर पुन, ३४ वर्षीया रमा गुरुङ, ३६ वर्षीय जयबहादुर घर्ती, ४१ वर्षीय खडकबहादुर पुन, ४२ वर्षीय मदन पुन, ५१ वर्षीय जगवीर सार्की, ५६ वर्षीय कुमार घर्ती र ५८ वर्षीय मने सार्की घाइते भएका हुन् ।

यस्तै, वडा नम्बर १० का ३८ वर्षीय रमेश सार्की पनि घाइते भएका छन् । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस