घोराही । बुद्धिचाल संघ दाङको आयोजनामा लुम्बिनी र कर्णाली प्रदेश स्तरीय दुई दिने आरबिटर तालिम घोराहीमा संचालन हुने भएको छ । ‘‘स्वास्थ्यका लागि खेल, राष्ट्र्रका लागि खेल’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै पुस ५ र ६ गते दुुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न हुन लागेको संघका जिल्ला अध्यक्ष अनिल सेर्पाइलीले जानकारी दिए ।
सोमबार घोराहीमा संघका अध्यक्ष अलिन सेर्पाइलीको अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख अतिथ्यता एवं संघका लुम्बिनी प्रदेशका उपाध्यक्ष दिनेश थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।
पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष सेर्पाइलीले लुम्बिनी र कर्णाली प्रदेशका ७० जना प्रशिक्षार्थी सहभागी हुने जानकारी दिए । तालिमको उद्घाटन लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
बुद्धिचाल खेल बौद्धिक र सबै उमेर समूहले खेल्न सक्ने खेल भएकाले यसको सामाजिक जागरण जागरुकता पैदा गर्ने उद्देश्यले तालिम संचालन गर्न लागिएको अध्यक्ष सेर्पाइलीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले बुद्धिचाल खेल बौद्धिक खेल रहेकाले यसबारे आमनागरिक जानकार बन्न आवश्यक रहेकाले आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।


