दाङ । घोराही उपमहानगरपालिका–१० झारबैराचोक नारायणपुरमा टिपरको टक्करबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ । झिम्रुक गाउँपालिका–४ प्युठानका १७ वर्ष विशाल जिसी, नौवहिनी गाउँपालिका, ६ लुङग बस्ने वर्ष १८ का सगर केसीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिए ।
शुक्रबार साँझ नारायणपुरमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख १३०७ नम्बरको टिपरले र विपरीत दिशाबाट आउँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजना घाइते भएका थिए ।
घाइते हुनु भएको जिसी र केसीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि लगिएको थियो । दुवै जनाको शनिवार उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार


