तुलसीपुरमा अबैध काठसहित ट्याक्टर चालक पक्राउ

दाङ । दाङ प्रहरीले ७८.५९ क्युफिट अबैध खयरको काठसहित ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । अबैध रुपमा खयरको काठ तुलसीपुर तर्फ ल्याउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले मंगलबार दिउँसो ४ बजेको समयमा तुलसीपुर १० बनगाउँबाट खयरको काठ बरामद गरेको हो ।

सुकौराबाट तुलसीपुरतर्फ आईरहेको रा १ त १६९३ नं को ट्याक्टरमा लोड गरिएको एक ट्रली अबैध खयरको काठसहित तुलसीपुर ६ निवासी ५८ वर्षीय चालक राजुलाल थारुलाई पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्ले जानकारी दिए ।

बरामद गरेको काठ थप अनुसन्धानका लागि बुधबार सवडिभिजन वन कार्यालय तुलासीपुर बुझाएको मल्ले बताए । उक्त काठको मूल्य ८४ हजार रहेको मल्ले जानकारी दिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस