लुम्बिनी प्रदेशका महिला कर्मचारीलाई महिनावारी बिदा

दाङ । लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारी हुँदा विदा दिइने भएको छ । २२ भदौमा प्रदेशसभाबाट पारित भएको प्रदेश निजामती सेवासम्बन्धी विधेयक प्रदेश प्रमुख अमिक शेरचनले २१ मंसिरमा प्रमाणीकरण गरेका छन् ।

उक्त ऐनको दफा ११७ को (१) (ग) मा ‘महिनावारी बिदा’ को व्यवस्था उल्लेख छ । कति दिन बिदा दिने भन्नेबारे नियमावलीमा तोकिनेछ ।

यो बिदाको कार्यान्वयन भने सरकारले नियमावली बनाएपछि हुनेछ ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस