संसदका महासचिवमा पाण्डे सिफारिस

काठमाण्डौँ । सङ्घीय ससंदका महासचिव डाक्टर भरतराज गौतमले राष्ट्रपतिसमक्ष राजीनामा गदिएका छन् । महासचिव गौतमले घरायसी कारण देखाउँदै हिजो राजीनामा दिएका हुन् ।

महासचिव गौतमले राजीनामा दिएपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाको संयुक्त सिफारिसमा प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेलाई महासचिव पदमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस