नाइजेरिया सेनाको ड्रोन दुर्घटना, ८५ जनाको मृत्यु

एजेन्सी । नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तीमा ८५ जना सर्वसाधारणको मृत्यु भएको छ ।

देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा ड्रोन दुर्घटना हुँदा सर्वसाधारणको ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । अहिलेसम्म ८५ जनाको शव भेटिएको र केही हराइरहेकाले खोजी भइरहेको एएफपीको खबरमा उल्लेख छ ।

असावधानीवश ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिसलाई लागेर मृत्यु भएको राज्य सञ्चालित आपत्कालीन एजेन्सीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस