सोती घटना : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला

काठमाडौँ । रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

मंगलबार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । यस्तै अदालतले ८ जनालाई सफाइ दिएको छ ।

रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासले नवराज विककी प्रेमिका, प्रेमिकाकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गरेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस