मन्त्रीद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन

बिजौरी । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर–१९ विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गरेका छन् ।

त्यसअवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समय सापेक्ष बनाउनुपर्ने बताए । उनले एलोपेथिक भन्दा आयुर्वेद उपचार पद्धति न पहिले जन्मेको भन्दै यसलाई ब्यबस्थित बनाउनु पर्ने बताए । ‘आयुर्वेदिक पुरानो उपचार विधि हो’, उनले भने ‘यसलाई समय सापेक्ष बनाउन आबश्यक छ ।’

साथै उक्त अस्पताललाई ५० सैयाको बनाउने गरि प्रक्रिया अघि बढाएको समेत मन्त्री मास्कीको भनाइ छ । त्यसका लागि आबश्यक पूर्वाधार तथा जनशक्ति ब्यबस्थापन गर्नतर्फ आफू लागिरहेको उनले बताए ।

हाल अस्पतालमा दैनिक एकसय जना जतिले सेवा लिइरहेको अस्पतालका निर्देशक डा. सन्तोष ठाकुरले बताए । उनका अनुसार पछिल्लो समय आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरु बढिरहेका छन् । अस्पतालमा हाल व्यायामशाला, अग्नी कर्म, जलौका कर्म, नियमित योगा, पञ्चकर्म, फिजियोथेरापी लगायतका सेवाहरू रहेका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस