रोल्पाका तीन पालिकामा एक हप्ता विद्युत् अवरुद्ध हुने

रोल्पा । रोल्पामा एक हप्ता विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्यु‌त‌प्राधीकरण आयोजना व्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजना अन्तर्गत रोल्पा वितरण केन्द्र क्षेत्रभित्र निर्माण सम्पन्न भएको रोल्पाको सातदोवाटो स्थित लाकुरी सवस्टेशन ३३/११ केभी सञ्चालनमा आउने भएकोले विद्युत अवरुद्ध हुने भएको हो ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका, लुङ्‌‌ग्री गाउँपालिका र सुनछहरी गाउँपालिकामा आजदेखि एक हप्तासम्म विद्युत् अवरुद्ध हुने रोल्पा वितरण केन्द्र‌ले जनाएको छ।

हाल ३३ केभीमा सञ्चालित ट्रान्सफर्मरहरू फेरबदल गरी ११ केभी ट्रान्सफर्मर जडान गरि संचालनगर्ने र ३३/०४ केभी ट्रान्सफर्मर भएको ठाउँमा ११/०४ केभीका ट्रान्सफर्मर पहिलो चरणमा अडान गर्नुपर्ने भएको हुँदा आज मङ्सिर १५ गतेदेखि यही मङ्सिर २२ गतेसम्म अवरुद्ध हुनेछ ।

मिझिङ, सुलीचौर अरेस तेवाङ सिर्प, बडाचौर पाङ, गुम्चाल, फगाम, जैमाकसला र पोवाङ क्षेत्रहरूमा विद्युत् अवरुद्ध हुने र काम सम्पन्न भए पश्चात् नियमित विद्युत् लाकुरी सबस्टेशन मार्फत सञ्चालन हुनेछ ।

सो अवधिमा अन्य ठाउँमा नियमित विद्युत् लाइन नकाटिने रोल्पा वितरण केन्द्रका कार्यालय प्रमुख अशेश्वर शाहले बताए ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस