आन्दोलन रोकिँदैन : दुर्गा प्रसाईं

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफूहरुले अघि सारेका माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूहरुको आन्दोलन केवल आन्दोलन मात्रै नभएर जनविद्रोह नै भएको दाबी गरे ।

शुक्रबार बिहान ११ बजे तीनकुनेमा जम्मा भएर प्रदर्शन गर्ने भन्दै प्रसाईंले देशको अहिलेको परिस्थितिबाट पीडित सबै प्रदर्शनमा आउनु पर्ने बताए ।

बिहीबारको प्रदर्शनका क्रममा बल्खुमा भएको झडपमा आफ्नो पक्षका २६ जना घाइते भएको र एक जनालाई टाउकोमा गोली लागेको दाबी समेत उनले गरे ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस