बंगलाचुलीमा मंसिर ७ गते हुने भैलो महोत्सवका लागि उपसमिति गठन

कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकाको बंगलाचुली लेकमा मंसिर ७ गते हुने भैलो महोत्सव व्यवस्थितरुपले सम्पन्न गर्न विभिन्न उपसितिहरु गठन गरिएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा सोमबार बसेको गाउँ कार्यपालिका बैठकले महोत्वस व्यवस्थापन उपसमिति,प् रचारप्रसार उपसमिति, सुरक्षा तथा स्वंयसेवक उपसमिति,अतिथि सत्कार उपसमिति र मुल्याङ्कन समिति गठन गरेको हो ।

गाउँ कार्यपालिकाको वैठकले उपसमितिहरु गठन गरी विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी समेत दिएको छ । जसअनुसार महोत्सव व्यवस्थापन उपसमितिका लागि वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तीमगरको संयोजकत्वमा प्रेम डाँगी, डम्बर वैजाली पुन र यमलाल बुढालाई जिम्मेवरी दिइएको छ ।

त्यसैगरी प्रचारप्रसार उपसिमितिका लागि बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवं वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोपाल केसी, कार्यपालिका सदस्य गणेश विश्वकर्मा र रेडियो बंगलाचुलीका स्टेशनम्यानेजर एवं गाउँपालिकाका संचार संयोजक जीबन नेपालीलाई जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी सुरक्षा तथा स्वंयसेवक उपसमितिका लागि वडा नम्वर ६ का अध्यक्ष डोम बहादुर केसी, वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगी र बंगलाचुली गाउँपालिका नगर प्रहरी प्रमुख लक्ष्मण पुनमगरलाई जिम्मेवारी दिएको छ । त्यस्तै अतिथि सत्कार उपसमितिका लागि कार्यपालिका सदस्यहरु रमाकुमारी पुनमगर, चित्रा दमाई, सुमा घर्ती र नारायणी गिरीलाई जिम्मेवारी दिइएको छ ।

भैलो मुल्याङ्कनका लागि लोक संस्कृतविद् डाक्टर गोविन्द आचार्य, वरिष्ठ कलाकारहरु चन्द्र शर्मा, नारायण रायमाझी आउने भएको छ । भैलो महोत्वसलाई सबैको सहकार्यमा सफलतापूर्वक सम्पन्न गर्ने गाउँ कार्यपालिका बैठले निर्णय गरेको छ । भैलो महोत्सवमा स्थानीय चर्चित हाँस्य कलाकार कमल गाउँलेलगायतका कलाकारहरु समेतको प्रस्तुति रहने छ ।

भैलो महोत्वसमा नेपाल सरकारका प्रवक्ता, संचार तथा सूचना प्रविधि मन्त्री रेशा शर्मा, लुम्विनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल आउने बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जानकारी दिए । बंगलाचुली गाउँपालिकाले स्थानीय कला संस्कृतिको संरक्षण तथा वडा नम्वर ५ स्थित बंगलाचुली पर्यटकीय पूर्वाधार क्षेत्रको विकास, प्रवर्द्धन एवं प्रचार प्रसारको लागि भैलो महोत्सवको आयोजना गरेको हो । मसिर ७ गते हरिबोधिनी एकादशीको दिन भैलो महोत्सवको आयोजना गरिएको छ ।

प्रत्येक वडाबाट देउसी भैलो समूहलाई बंगलाचुली लेकमा सहभागी गराइ कार्यक्रम गरिने बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जानकारी दिए । भैलो कार्यक्रममा सहभागी सबै भैलोलाई प्रोत्साहन रकम तथा उत्कृष्ट भैलोलाई थप पुरस्कारको व्यवस्था गरिने अध्यक्ष पुनमगरले जानकारी दिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस