रुकुमपश्चिम । रुकुमपश्चिममा जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतीक बूढा छन्।
जीपमा सवार चालकसहित २० जना घाइते भएका छन्। जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो।
उनका अनुसार अन्य पाँच जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए। आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटनामा परेको थियो।
घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार