रोयल भमके टि–२० क्रिकेट : त्रिसिद्धेश्वरी र वेष्टर्नको बिजयी सुरुवात

दाङ । दाङ तुलसीपुरको भमकेमा जारी रोयल भमके टि–२० क्रिकेट प्रतियोगितामा आयोजक रोयल भमके ए र त्रिसिद्धेश्वरी क्रिकेट क्लब तुलसीपुर बिजयी भएका छन् ।

स्वतन्त्र युवा समूह तुलसीपुर–१ भेमकेको आयोजनामा संचालित प्रतियोगिताको बुधबार सम्पन्न खेलमा मिलन युवा क्लब तुलसीपुर–७ लाई ९६ रनको विशाल अन्तरले पराजित गर्दै रोयल भमके ए बिजयी भएको हो । त्यस्तै तुलसीपुर ११ लाई ७७ रनले पराजित गर्दै त्रिसिद्धेश्वरी क्रिकेट क्लबले बिजयी यात्रा सुरु गरेको हो ।

आजको पहिलो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको रोयल भमके निर्धारित १५ ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ५८ रन बनाउन सफल भयो । रोयल भमकेका शिशिर डिसीले ४३, धन बहादुर केसीले ४० तथा नरेश बिकले २६ रनको योगदान दिए । बलिङतर्फ मिलन युबा क्लब तुलसीपुर ७ का सिर्जन पौडेल २ तथा अन्कित भन्डारी १ विकेट लिए ।

१५९ रनको बिजय लक्ष्यका मैदानमा उत्रिएको मिलन युवा क्लब ११ दशमलव २ ओभरमा अल आउट हुँदै ६२ मा समेटिएको थियो । जसमा वसन्त सुवेदीले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेन् । ६२ रनमा समेट्ने क्रममा रोयल भमकेका कप्तान हरिस केसीले ३ ओभर बलिङ गर्दै १ मेडन सहित मात्र ८ रन खर्चिएर ४ विकेट लिन सफल भए भने धन बहादुर केसी ३ गोपाल केसी २ तथा आयुष वलीले १ विकेट लिए । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने धनबहादुर केसी म्यान अफ द म्याच हुँदै नगद ५ सयका साथमा मेडल प्राप्त गरे।

यसैगरी दोस्रो खेलमा टस हारेर ब्याटिङमा उत्रेको त्रिसिद्धेश्वरी निर्धारित १५ ओभरमा १ सय ३५ रन बनाउन सफल भएको थियो । जसमा दिवान पुनले ६० रनको अर्धसतकीय पारी खेल्न सफल भए । त्यस्तै बिक्की रोकाले २६ रन जोडे । बलिङतर्फ सुशान्तले ३, डिजल मल्ल २ तथा मनोज शाहले १ विकेट लिन सफल भए । १ सय ३६ रनको बिजय लक्ष्य लिएर जवाफी ब्याटिङ गर्न खेल मैदानमा उत्रेको तुलसीपुर ११ भने १२ दशमलव २ ओभरमा ५८ रन बनाउदै अल आउट भयो।

जसमा निश्चल मल्ल र सन्तोस रावलले समान १०–१० बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । बलिङतर्फ धिरज केसी ३ तथा दिवान पुन २ विकेट लिए । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने दिवान पुन म्यान अफ द म्याच घोषित हुँदै मेडल सहित नगद ५ सय प्राप्त गर्न सफल भए । त्यस्तै तेस्रो खेलमा सृजनशील क्रिकेट क्लबलाई ६४ रनले पराजित गर्दै वेष्टर्न क्रिकेट क्लब शान्तिनगर बिजयी भएको छ ।

यसैबिच भोलि बिहिबारको बिहान हुने खेलमा आयोजक रोयल भमके बि विरुद्ध पुरन्धारा क्रिकेट क्लब तथा दोस्रो खेलमा सृजनशील युबा क्लब हेकुली विरुद्ध किङ्ग ईलावेन सेवार घोराहीबिच हुने प्रतियोगिताका संयोजक खगेन्द्र नेपालीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस